जमानामा एकै ठाउँमा,
समयको बेग संगै,
केही अलि ठेट्ना जस्तै,
केही अरू,
फूल उठेका मकैहरू।
भेट्ने इच्छा हुंदा हुंदै,
मेसो मिल्न निकै गाह्रो,
निकै हदसम्म,
अलि पर उछिट्टिएका मकैहरू।
कामको पीर दु:ख,
जिम्मेवारीको पोका,
अनि अझैं अरू,
कठ्ठै बरा छुट्टिएका मकैहरू।
मेसो मिल्दा भेटिहालु,
मेलो मिले, अझैं गरूँ,
कसैको मिले, कसैको नमिले पनि,
केही हदसम्म, फेरी भेटिएका मकैहरू,
हामी सबै मकैहरू,
तेही ड्याङका मकैहरू,
हामी तेही ड्याङका मकैहरू।।।